काठमाडौं, कार्तिक २१ : राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आईसिसिद्वारा मान्यता प्राप्त नेपालको पहिलो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडानका लागि टेण्डर स्वीकृत गरेको छ। राखेपले सिनामंगल कार्यालय भएको एमएसआईपीएल-एएसपी पावर जेभीलाई रात्रिकालीन समयमा पनि खेल सञ्चालन गर्न मिल्ने गरी फ्लडलाइट जडानका लागि टेण्डर स्विकृत गरेको हो ।
उक्त कम्पनीले २७ करोड ४० लाख २ हजार २२ रुपैयाँमा फ्लडलाइट जडानको ठेक्का पाएको हो। राष्ट्रिय खेलकुद परिषद्ले मंगलबार सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन २०६३ अनुसार फ्लडलाइट जडानको ठेक्का पाउने कम्पनीको नाम सार्वजनिक गरेको छ।
फ्लडलाइट जडान गर्ने चर्चा धेरै पहिले देखि चलिरहेको भएता पनि कार्यान्वयन हुन सकेको थिएन् फ्लडलाइट नभएकै कारण डे नाइट खेल खेलाउन सकिएको थिएन् । नेपाल क्रिकेट संघ (क्यान)ले डे नाइट खेलका लागि फ्लडलाइट जडान गर्न सरकारसँग माग गर्दै आएको थियो।
फोटो : CAN