त्रिभुवन विमानस्थलबाट ५० राउण्ड गोलीसहित आमा-छोरा पक्राउ

रिपोर्ट नेपाल | 2021 Jan 04 | 01:58 pm 2109

काठमाडाैं, पुस २०ः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० राउण्ड गोलीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा मेचीनगर-२ का आमा-छोरा बद्रीहाङ राई र मुनादेवी राई रहेकी छन् ।

प्रहरीका अनुसार त्रिभुवन विमानस्थलबाट श्री एयरलाइन्सको  जहाजबाट झापा भद्रपुर जान लागेका उनीहरुलाई चेकजाँच गर्दा झोलामा लुकाएको अवस्थामा उक्त परिमाणको गोली फेला परेको हो ।

उनीहरूबाट बरामद भएकाे गाेली ९ एमएमको पेस्तोलमा लाग्ने गाेली भएकाे प्रहरीले जनाएकाे छ ।  मुनादेवीको श्रीमान अवकास प्राप्त सईको श्रीमती रहेको जनाइएको छ ।  यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.