त्रिभुवन विमानस्थलबाट २० राउण्ड गोलीसहित भारतीय सेनाका कर्नेल पक्राउ

रिपोर्ट नेपाल | 2018 Aug 19 | 07:20 pm 2045

काठमाडौं, भदाै ३ :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० राउण्ड गोलीसहित भारतीय सेनाका कर्नेल पक्राउ परेका छन् । विमानस्थल प्रहरीका अनुसार २२ एमएमको २० राउण्ड गोलीसहित भारतीय सेनाका कर्नेल पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा चितवन स्थायी घर भइ हाल काठमाडौंको सामाखुशी बस्दै आएका ४१ वर्षीय भारतीय सेनाका कर्नेल बलबहादुर पुन छन् ।

विमानस्थल प्रहरीको टोलीले आइतबार दिउँसो उनलाई पक्राउ गरेको हो । बुद्ध एयरको विमानबाट पोखरा जान लागेको अवस्थामा डोमेस्टिक टर्मिनलको सुरक्षा जाँचको क्रममा उनी पक्राउ परेको प्रहरीले जनाएको छ । पुनबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.