तोडफोडमा संलग्न नेविसंघका ७ कार्यकर्ता पक्राउ

रिपोर्ट नेपाल | 2020 Aug 11 | 03:24 pm 2123

काठमाडौं, साउन २७ः मंगलबार त्रिभुवन विश्वविद्यालयमा तोडफोड गर्ने ७ जना नेविसंघका कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सम्झना खत्री, सञ्जय चौधरी, हरिप्रसाद जोशी, रामबहादुर थामी, रमेश कुँवर, विष्णु बडैला र मनोज कुँवर रहेका छन् ।

नेविसंघका कार्यकर्ताले उपकुलपति कार्यालय र शिक्षाशास्त्र संकायमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

विश्वविद्यालयमा अनियमितता हुँदै आएको र आफ्ना माग समेत पूरा नभएको बताउदै उनीहरुले तोडफोड सुरु गरेका थिए । उनीहरुले परीक्षाको विकल्प समेत नदिएको बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.