तेक्वान्दोमा भुपेनले जीते स्वर्ण

रिपोर्ट नेपाल | 2019 Dec 05 | 06:00 pm 2220

काठमाडौं, मंसिर १९: साग प्रतियोगिताको बिहीबारको खेलमा तेक्‍वान्दो खेलाडी भुपेन श्रेष्ठले स्वर्ण पदक जितेका छन्।

तेक्‍वान्दो कक्षमा भएको फाइनल भिडन्तमा भुपेनले भारतीय खेलाडी अक्ष हुडालाई पराजित गर्दै स्वर्ण पदक हातपार्न सफल भएका हुन् ।

८७ केजीमुनिको तौल समूह अन्तर्गत भएको फाइनल भिडन्तमा भुपेनले २९ अंक ल्याए भने भारतीय खेलाडीले २७ अंक ल्याएका थिए । बिहीबार ६ वटा स्वर्णका लागि भएको खेलमा नेपाल एउटामै सिमित रहन पुग्यो ।

सोही विद्याका महिला तर्फ मनिता शाहीसहितका अन्य खेलाडीहरु भारत र पाकिस्तानी खेलाडीसँग फाइनलमा पराजित हुँदै रजत पदक मात्र हासिल गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.