तुरतुरे ताल सोमबार बिहान चार बजे फुट्याे

| 2019 Aug 05 | 10:33 am 2819

बागलुङ, साउन २०:  बडीगाड खोलामा पानीको सतह बढेपछि बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमानामा गत वर्ष बनेको तुरतुरे ताल सोमबार बिहान चार बजे फुटेको  छ । अविरल वर्षासँगै आएको बाढीले जिल्लाको पश्चिममा बनेको कृत्रिम ताल फुटेको हाे ।

ताल फुट्ने सम्भावना बढेर खोलामा पानीको बहाव तीब्र रुपमा बढेपछि रातिदेखि नै प्रहरीले बागलुङ र गुल्मीको तटीय बस्तीमा सावधानी अपनाउन आग्रह गरिएकाे थियो।

त्रासका कारण तटिय क्षेत्रका बासिन्दा रातभर जागाे रहेका थिए। उक्त  ताल फुटेपछि ७५ प्रतिशत पानी बगेको बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले जानकारी दिए ।

गत वर्षको भदौ २९ गते राति खोलामाथिबाट तुरतुरेमा झरेको चट्टानी पहिरोले बडिगाड खोला थुनिएर कृत्रिम ताल बनेको थियो।

ताल एक हजार दुई मिटर लामो र करिब एक सय मिटरभन्दा गहिरो रहेको छ। उक्त तालमा डुबान पीडित कुमाल लगायतका २७ परिवारले हिउँद याममा डुंगा चलाएर आम्दानी गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.