तीनवटा सवारी एकैपटक दुर्घटना २ को मृत्यु, ३० घाइते

रिपोर्ट नेपाल | 2019 Jun 30 | 01:48 pm 2795

धादिङ, असार १५:  पूर्वपश्चिम राजमार्ग अन्तर्गत धादिङको बेनीघाटमा बस र दुईवटा माइक्रो बस एक आपसमा ठोक्किएर भयानक दुर्घटना भएको छ ।

उक्त दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ३० जान घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाए ।

दुर्घटनामा लु १ ख ९०९७ नम्बरको बस र बा ३ ख १००४ र ना २ ख ४५६७ नम्बरको माइक्रो बस एक आपसमा ठोक्किँएको प्रहरीले बताए । घाइतेहरुको उद्धार गरी स्थानीय अस्पतालहरुमा उपचार गराइरहेको प्रहरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.