तीन वर्षीया छोरी बोकेर माइती हिँडेकी ईश्वरी खोलामा खसेर बेपत्ता

रिपोर्ट नेपाल | 2021 Nov 05 | 08:22 am 1829

जाजरकोट, कात्तिक १९ः  तारकोट गाउँपालिक-७ की ईश्वरी शाही (सिंह) छोरीसहित डोल्पा जगदुल्ला खोलामा खसेकी छन् । तिहारमा टीका लगाउन माइतीघर हिँडेकी सिंह डोल्पाको मुड्केचुला गाउँपालपालिका-२ अन्तर्गत त्रिवेणीमा पर्ने जगदुल्ला खोलामा तीन वर्षीया छोरी लक्ष्मी सिंहसहित खसकी हुन् ।

खसेको केही समयभित्रै खोलाले बगाएर आमा बेपत्ता हुनुका साथै छोरीको स्थानीयले उद्धार गरेर उपचारका लागि नेपालगन्ज पठाइएको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पान्डेले जानकारी दिए । मुख, टाउको र शरीरमा गहिरो चोट लागेकाले छोरीको अवस्था गम्भीर रहेको उनले बताए ।

छिमेकी जिल्ला रुकुम (पश्चिम), जाजरकोटलाई खबर गरी बेपत्ताको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ । रााजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.