तीन दिन पर सऱ्यो काङ्ग्रेसको बैठक

| 2018 Oct 05 | 07:33 am 1854

आज शुक्रबारका लागि तोकिएको नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक तीन दिनका लागि सरेको छ । पार्टीको संशोधित विधान र समसामयिक विषयमा छलफल गर्नका लागि काङ्ग्रेसले आज बस्ने गरी बैठक बोलाएकोमा विशेष कारणवश बैठक असोज २२ गते सोमबार दिँउसो १ बजेसम्मका लागि सारिएको कांग्रेस केन्द्रिय कार्यालयले जनाएको छ ।

काङ्ग्रेसले विधान संशोधनका लागि प्रदेशबाट आएका सुझाव र पछिल्लो समयमा मुलुकमा देखिएको राजनीतिक घटनाक्रमका बारेमा छलफलका लागि बैठक बोलाएको तर विशेष कारण परेकोले समय सारिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । त्यस्तो कारण के हो भन्नेचाहिँ खुलाइएको छैन । आवश्यक तयारी पूरा नभएकोले बैठक सार्नुपरेको एक केन्द्रिय सदस्यले जानकारी दिए ।

काङ्ग्रेसले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यलाई उपस्थितीका लागि अनुरोध गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.