तीन डिएसपीको काज सरुवा

रिपोर्ट नेपाल | 2019 Jul 31 | 08:06 pm 2382

काठमाडौं, साउन १५:  प्रहरी प्रधान कार्यालयले तीन जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को काज सरुवा गरेको छ ।

प्रधान कार्यालय स्रोतका अनुसार डिएसपी सुनिल मल्ललाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तु खटाइएको छ भने देवेन्द्र पाण्डेलाई महानगरीय प्रहरी परिसर ललितपुरमा खटाइएको छ ।

त्यस्तै डिएसपी नारायण चिमरियालाई हिमाली जिल्ला सोलुखुम्बु खटाएको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.