तीन डिआईजी एआईजीमा बढुवा

| 2018 Sep 12 | 06:46 am 2001

काठमाडौं, भदौ २७: जनपद प्रहरी समूहतर्फका तीन जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरिएको छ।

मंगलबार बसेको बढुवा समितिको बैठकले तीन जनालार्इ सिफारिस गरेको हो। बैठकले पुष्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई बढुवा गर्न सिफारिस गरेको हो।

गृह सचिव प्रेमकुमार रार्इको अध्यक्षतामा बसेको बढुवा समितीले मंगलबार राती पहिलो नम्बरमा पुष्कर कार्की, दोस्रोमा ठुले रार्इ र तेस्रोमा धिरू बस्न्यातको बढुवा सिफारिस गरेको हो। प्रहरीमा ३ जना एआईजीका लागि ५ जना डिआइजी मुख्य प्रतिस्पर्धी रहेका थिए ।

प्रहरी नियमावली २०७१ को नियम २७ को १ (क) अनुसार एआईजी बढुवा समितिम गृहसचिव अध्यक्ष, प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्य सचिव रहने व्यवस्था छ । कार्की प्रहरी प्रशिक्षण प्रतिष्ठान, रार्इ लागूऔषध नियन्त्रण ब्यूरो र बस्न्यात प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए ।

एआईजी बढुवाका लागि प्रहरी महानिरीक्षक खनालसँग प्रतिस्पर्धामा रहेका पुष्कर कार्की पहिलो नम्बरमा थिए । यस्तै, खनालकै ब्याचका डिआईजीहरु मनोज न्यौपाने, ठुले राई, धिरु बस्न्यात र सुरेशविक्रम शाहबीच प्रतिस्पर्धा थियो । उनीहरु १० माघ २०४६ मा सेवा प्रवेश गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.