तिम्राे नयनकाे सागरमा…

रिपोर्ट नेपाल | 2023 May 24 | 01:04 pm 2753

तिम्रो नयनको सागरमा डुबे पनि
तृष्णा अझै मेटिएको छैन
गहिराइमा पुगि मोती नै टिपे पनि
चाहना अझै सिद्धिएको छैन

मनभित्रै मिलनका रहरहरु
अनगिन्ती पलाएको छ
तिमीलाई भेटेका हरेक पलहरु
थाहै नपाइ मुटुमा अंकित भएछ

तिम्रो नयनको…………..

मेरो जीवनका हर क्षणहरु
तिम्रै खुशीले चल्दछ
बहार आउने हर मुहानहरु
तिम्रै मर्जीले खुल्दछ

तिम्रो नयनको……………..

कृष्ण बहादुर थापा

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.