‘तिब्बतको सुरक्षा संवेदनशीलतालाई उच्च प्राथमिकता’

| 2018 Jun 21 | 06:45 am 3319

सचुआन, असार ६ : चीनको सिचुआन प्रान्तका विकास र पर्यटन आयोगका उपप्रमुख चाओ क्वीनले गरिवी निवारणसम्बन्धी सरकारको रणनीतिक योजना र कार्यक्रम कार्यान्वयनमा आम सञ्चार माध्यमको ठूलो भूमिका रहने बताएका छन् ।

सिचुआन प्रान्तको विदेश विभाग कार्यालयद्वारा नेपाली पत्रकारका लागि आयोजित तालीम र अनुभव आदान प्रदान कार्यक्रमको शुभारम्भ गर्दै उनले आदिवासी तथा पछि परेका समुदायको जीवनस्तर उकास्न घोषणा गरिएका कार्यक्रमलाई सफल बनाउन सञ्चार क्षेत्रले हरतरहले सहयोग पुर्‍याउनुपर्ने बताए।

उक्त प्रान्तका गरिवी निवारण र अध्यागमन ब्युरोका उपप्रमुख लुओ युले प्राकृतिक स्रोत साधनको समुचित प्रयोग र ऐतिहासिक धरोहरको संरक्षण नै विकास र समृद्धिको आधार भएको उल्लेख गरे ।

चीनको विदेश मन्त्रालयको आन्तरिक सुरक्षा विभागका कन्सुलर झिङओ मिङले नेपाल र चीन निकै घनिष्ठ र असल सम्बन्ध रहेको छिमेकी भएको बताए।

उनले भने, “नेपालले चीनको स्वसासित क्षेत्र तिब्बतको सुरक्षा संवेदनशीलतालाई उच्च प्राथमिकता दिएको छ, जुन कार्यका लागि चीनले सधैं यसको प्रशंसा गर्दै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट दुई देशबीचको सम्बन्ध अघि बढाउन कोशेढुङ्गा सावित हुने कन्सुलर झिओङ मिङले उल्लेख गरे ।

काठमाडौँसँग भगिनी सम्बन्ध रहेको चीनको बेइजिङ र सांघाइपछिको ठूलो विमानस्थल रहेको छेन्दुले पछिल्लो समय पूर्वाधार निर्माण र सूचना प्रविधिको विकासमा जोड दिएको छ । १३ दिने उक्त तालीममा १५ जना नेपाली पत्रकार सहभागी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.