ताेकिएकाे भाडा भन्दा बढी रकम लिने एम्बुलेन्ससहित दुई पक्राउ

रिपोर्ट नेपाल | 2020 Apr 07 | 09:37 pm 1918

दाङ, चैत २५: एम्बुलेन्स सेवामा ताेकिएकाे भाडा भन्दा बढी भाडा लिएकाे अभियाेगमा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे  छ । पक्राउ पर्नेमा लमही नगरपालिका ५ लमहीका ४० वर्षीय कृष्ण आचार्य र चालक ५० वर्षीय कमलप्रसाद भुषाल  रहेका छन् ।

कृपा पाेलिक्लिनिक एण्ड मेडिकल हल लमही दाङद्वारा संचालित एम्बुलेन्स प्रयाेग गरी बिरामीलाई लमहीदेखि तुलसीपुर लैजाने क्रममा उनीहरूलाई पक्राउ गरेकाे प्रहरीले जानकारी दिएकाे हाे ।

प्रचलित भाडा भन्दा बढी भाडा लिएकाे भन्ने गाेप्य सूचनाकाे आधारमा एम्बुलेन्स र  उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाइएकाे जनाइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.