तामाङ समाज अमेरिकाको केन्द्रीय कार्यालय भव्य रूपमा उद्घाटन

रिपोर्ट नेपाल | 2018 Sep 12 | 02:41 pm 2148

न्युयोर्क, प्रवाशमा रहेका तामाङ समुदायका नेपालीहरुले भव्य रूपमा तामाङ समाज अमेरिकाको केन्द्रिय कार्यालयको उद्घाटन गरेका छन् ।
प्रवाशी भूमिमा रहेको नेपाली समुदायले आफ्नो समुदाय र मुक्तिको निम्ति विभिन्न संघ संस्थाहरूको स्थापना गरे पनि अधिकांस संघ संस्थाको कार्यालयहरू अहिले सम्म पनि झोलामा मात्रै सिमित रहेको देखिन्छ ।

तर, भर्खरै मात्र स्थापना भएको तामाङ समाज अमेरिकाको ८ सेप्टेम्बर २०१८ का दिन प्रमुख अतिथि नेपाली महाबाणिज्य दुताबासका कार्यवाहक महाबाणिज्यदुत पुष्पराज भट्टराईले एक भव्य समारोहको साथ नेपाली डायस्पोराका सामुदायिक गतिविधिलाई पुनर्परिभाषित गर्ने उद्देश्य सहित तामाङ समाज अमेरिकाको केन्द्रिय कार्यालयको भव्यरूपमा उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहको सभापतित्व तामाङ समाज अमेरिकाका अध्यक्ष सानु माया तामाङले गरेका थिए। समारोहमा अमेरिकामा रहेका १२ भन्दा बढी संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

उद्घाटन समारोहमा प्रमुख अतिथि कार्यवाहक महाबाणिज्यदुत पुष्परज भट्टाराईले शुभकामना मन्तव्य दिँदै नेपाली डायस्पोराका संघ संस्थाहरुले परम्परागत शैली भन्दा फरक ढंगले आफ्नो गतिविधिहरु संचालन गर्नु पर्ने र प्रवासमा रहेको नेपालीहरुले एकता प्रदर्शन गर्न सकेमा सम्पूर्ण नेपालीहरुको निम्ति भलाई हुने भनाई राखेका थिए ।

कुनै काल खण्डमा कुनै व्यक्ति वा शासकले गरेको त्रुटीलाई मुद्धा बनाएर वर्तमानमा त्यसको क्षतिपुर्ति खोज्नु भन्दा के कसरी आफ्नो समुदाय र समाजलाई अग्रगामी बनाउन सकिन्छ त्यसबारेमा डायस्पोराका आदिवासी समुदायका संघ संस्थाहरु लागी परेमा हाम्रो समाज द्रुतगतिमा समृद्ध बन्न सक्ने धारणा भट्टराईले राखे ।

मन्तव्यकै क्रममा तामाङ समाज अमेरिकाका अध्यक्ष सानुमाया तामाङले तामाङ समाज अमेरिका भर्खरै स्थापना भएको भए पनि यो संस्थाले नेपाली डायस्पोराका संघ संस्थासँग हातेमालो गर्दै सामुदायिक गतिविधिलाई पुनः परिभाषित गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिवद्दता जनाए ।

नयाँ शैली र नयाँ आयामबाट तामाङ समाज अमेरिकाले नेपाली डायस्पोरामा आफ्नो नेतृत्व स्थापित गर्ने र स्थानीय मुलधारको राजनीतिमा समाबेश गर्न हाम्रो दोश्रो पुस्तालाई सक्रिय गराउने भूमिकामा तामाङ समाज अमेरिका रहने अध्यक्ष सानुमाया तामाङले स्पष्ट पारेकी हुन् ।

उद्घाटन समारोहमा गैरआवासीय नेपाली संघ अमेरिकाका महासचिव बाबुराम लामा, नेपाली जनसम्पर्क समिति विश्व संजालका सभापती विष्णु सुवेदी, नेपाली जनसम्पर्क समिति अमेरिकाका सचिव भोजराज थोकर, संगठन विभाग प्रमुख वेद खरेल, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि प्रमोद सिटौला, हिमालयन बुद्धिष्ट कम्युनिटीका अध्यक्ष छेपक गुरुङ, शेर्पा संघ अमेरिकाका अध्यक्ष निमा शेर्पा, तमु परिवार न्युयोर्कका अध्यक्ष डम्मरजंग गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका निवर्तमान अध्यक्ष लुईसाङ वाईवा तामाङ, निवर्तमान वरिष्ठ उपाध्यक्ष मणि वाङडेल राई, तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्ष भरत लामा, नेपाल अमेरिका पत्रकार संघका पूर्व अध्यक्ष आङछिरिंग शेर्पा, प्रेम एण्ड पुनम फाउन्डेशनका अध्यक्ष प्रेम थोकर, गैरआवासीय नेपाली संघ अमेरिकाका सहकोषाध्यक्ष पवन योन्जन लगायतले शुभकामान मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा नेपाली महाबाणिज्यदुतावास न्युयोर्कका कन्सुलर क्रिशु क्षेत्री, तामाङ सोसाइटी अफ अमेरिकाका निवर्तमान अध्यक्ष शान्त थोकर, गैर आवासीय नेपाली संघ अमेरिकाका बोर्ड अफ डिरेक्टर आङनिमा गेल्जे शेर्पा, पर्यटन प्रवर्द्दन समितिका संयोजक जाङबु शेर्पा गोले, न्युयोर्क समाचार अनलाईन् न्युजका गोकुल श्रेष्ठ, खसोखास साप्ताहिकका सम्पादक अनिल अधिकारी, गैर आवासीय नेपाली संघ, अमेरिका न्युयोर्क शाखाका अध्यक्ष रामहरि अधिकारी र नेपाल विद्धार्थी संघका अध्यक्ष प्रभात सापकोटाको उपस्थिति रहेको थियो। कार्यक्रम तामाङ समाज अमेरिकाका सचिव विनिता तामाङले संचालन गरेकी थिइन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.