ताप्लेजुङ्, असार ६ : प्रदेश नम्बर एक मा पर्ने ताप्लेजुङको पूर्वी भागस्थित सिदिङ्वा गाउँपालिकाको सादेवा केन्द्र बनाएर ६ मिनेटको अन्तरमा दुर्इ चोटी भुकम्पको धक्का महसुस गरिएको छ ।
सादेवा केन्द्र बनाएर बुधबार बिहान ९ बजेर ५४ मिनेटमा र १० बजे भूकम्प गएको हो ।
९ बजेर ५४ मा ४ दशमलव ८ र १० बजे ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यो धक्का अघिल्ला भूकम्पहरूको परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ । यसअघि गत गत बैशाख २२ गते बेलुका ८ बजेर २२ मिनेटमा ताप्लेजुङलाई नै केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।