ताइवानमा समलिंगी विवाहले मान्‍यता नपाउने

रिपोर्ट नेपाल | 2018 Nov 25 | 12:13 pm 2089

काठमाडौं, मंसिर ९:  ताइवानमा समलिंगी विवाहलार्इ मान्यता नदिने पक्षमा जनमत बढ्दै गएको छ।

पछिल्लो समयमा एसियाली मुलुकमा समलिंगी विवाहलार्इ कानुनी मान्‍यता दिने क्रम बढ्‍न थालेपनि ताइवानका मतदाताहरुले भने यसको विरोध गरेका छन्।

सन्, २०१७ मा त्यहाँको उच्च अदालतले पनि समलिंगी विवाहलार्इ मान्‍यता दिनुपर्ने आदेश जारी गरेको थियो।

अदालते उक्त विषयमा दुर्इ वर्षभित्र कानुन संशोधन गर्न संसदलार्इ निर्देशन दिएको थियो। तर, त्यहाँका मतदाताले भने यसको विपक्षमा मत हालेका छन्।

यसको पक्षमा वकालत गरेका ताइवानका राष्ट्रपति साइ इन विनलको पार्टीले स्थानीय निर्वाचनमा हार व्यहोरेको छ।

उनको प्रजातान्त्रिक प्रगतिशिल पार्टीले आधाभन्दा धेरै निर्वाचन क्षेत्रमा हार व्यहोरेको छ। पार्टीले सन् २०१४ मा १३ राज्‍यमा जित हात पारेको थियो। राष्ट्रपति साइ सत्तामा आएदेखि ताइवानमा चिनीयाँ हस्तक्षेप घट्दै गएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.