तस्करीको सामान बरामदपछि भएको झडपमा दुई सशस्त्र प्रहरी र एक स्थानीय घाइते

| 2023 Sep 01 | 04:33 pm 1733

बाँके, भदाै १५ । सशस्त्र प्रहरीले तस्करीको सामान बरामद गरेपछि सामान ल्याउने व्यक्तिहरुसँग भएको झडपमा परी दुई जना सशस्त्र प्रहरी कर्मचारी र एक जना स्थानीय घाइते भएका छन् ।

नेपालगंज उपमहानगरपालिका १६ चौलिका चोकबाट भाद्र १४ गते राती ९.३० बजे नं. ३० बागेश्वरी गण बाँकेको टोलीले चोरीपैठारीको विभिन्न सामान बरामद गरेको थियो ।

हार्डवयरका ति सामानको पुरा भन्सार तिरेको नपाईएपछि सशस्त्र प्रहरीले सामान बरामद गरेको हो तर भन्सार छलिका उक्त सामान फिर्ता पाउनु पर्छ भनि ल्याउने व्यक्तिहरु र स्थानीय बासिन्दा करीब १ सयदेखि १२० जना भेला जम्मा भई ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई हुलहुज्जत गरी सामान खोसेर लैजान खोजेका थिए ।

तत्कालै थप मद्दतको लागि उक्त गण, प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह र विओपी जयसपुरबाट खटिएको ७१ जनाको सुरक्षा फौजले हुलहुज्जत गर्ने व्यक्तिहरुलाई सम्झाई बुझाई गरेपश्चात फिर्ता भएकोमा सामान ल्याउने व्यक्तिहरु पुनः रातको १०ः३० बजे सो स्थानमा आई ड्युटीमा रहेको सशस्त्र प्रहरी माथि एक्कासी ढुंगामुढा प्रहार गरी भाग्ने क्रममा सोही उपमहानगरपालिका १४ बस्ने १८ बर्षिय जहित हसमित सामान्य घाइते भएका थिए ।

ढुंगामुढा प्रहारबाट नं. ३० बागेश्वरी गण बाँकेमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार बेदप्रसाद पौडेल र सशस्त्र प्रहरी जवान गणेश बुढा घाइते भएका छन् । यस्तै ना १ झ. ५७४ नम्वरको गाडीमा क्षति पुग्नुको साथै केही अस्वभावका साधनहरुमा समेत क्षति पुगेको छ ।
त्यसवेला सशस्त्र प्रहरीले चोरीपैठारीको हार्डवेयरका सामान, चामल तथा चिनी बरामद गरेको थियो । बरामद सामान स्थानिय भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.