तरुणदलका गोकर्णेश्वर नगर अध्यक्ष गोपाल श्रेष्ठको निधन

| 2020 Feb 25 | 12:24 pm 1762

काठमाडौं, फागुन १३: नेपाल तरुण दल गोकर्णेश्वर नगर समिति, काठमाडौंका अध्यक्ष गोपाल श्रेष्ठको निधन भएको छ।

नेपाल तरुण दलले एक विज्ञप्ति जारी गरी सोमबार साँझ हृदयाघातका कारण निधन भएको जानकारी दिएको हो।

विज्ञप्तिमा जनाइए अनुसार अचानक बिरामी भएपछि श्रेष्ठलाई जोरपाटी अतहरखेलमा रहेको नेपाल मेडिकल कलेजमा उपचारका लागि लगिएको जनाइएको छ।

अध्यक्ष श्रेष्ठको उपचारकै क्रममा निधन भएको हो। श्रेष्ठको निधनप्रति तरुण दलले दुःख व्यक्त गरेको छ।

तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, श्रेष्ठको असामयिक निधन भएको दुःखद खबरले नेपाल तरुण दल केन्द्रीय समिति मर्माहत भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.