तरुण दलद्वारा दमकल किन्न भिक्षा संकलन

रिपोर्ट नेपाल | 2018 Dec 01 | 06:42 am 2413

झापा, मंसिर १५ : दमकल खरिद गर्न झापामा भिक्षा संकलन गरिएको छ । नेपाल तरुण दलले झापाको शिवसताक्षी नगरपालिकालाई दमकल खरिद सहयोगार्थ शुक्रबार व्यंग्य स्वरूप भिक्षा संकलन गरेको हो । नगरको धरमपुर, झिलझिले, दुधे, नहरचोक र व्याङडाँडामा पानीको खाली बोत्तल, आगलागी हुँदै गरेको घर, दमकलको तस्बिर प्लेकार्डमा राखेर भिक्षा संकलन गरिएको तरुणका नेता योगेश लिङ्देनले बताए ।

नगरका मेयर चन्द्रकुमार शेर्माले नगरपालिकासँग दमकल खरिद गर्ने आर्थिक सामथ्र्य नभएको प्रतिक्रिया सञ्चारमाध्यमलाई दिएपछि तरुणले प्रतिकात्मक रूपमा भिक्षा संकलन गरेको हो । शिवसताक्षी नगरपालिका–७ मा आगलागीबाट ४ जनाको ज्यान गएपछि नगरमा दमकल नभएको भन्दै सर्वसाधारणले मेयरको विरोध गर्दै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.