तरकारी बोकेको गाडी पल्टिँदा एकको मृत्यु

रिपोर्ट नेपाल | 2018 Jun 25 | 01:05 pm 3123

काभ्रे, ११ असार : काभ्रेको बनेपा नगरपालिका–५ स्थित ओपीमा मिनीट्रक पल्टिँदा एकजनाको मुत्यु भएको छ । तरकारी बोकेको मिनिट्रक आज बिहान दुर्घटनामा परेको हो ।

रविओपीको छहारेबाट बनेपातर्फ तरकारी लिएर आउँदै गरेको बा२ख ३४१२ नंको निशास मिनीट्रक पल्टिँदा मण्डनदेउपुर नगरपालिका–४ की ४० वर्षीया ललीमाया तामाङ सख्त घाइते भएपछि धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार गराउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा गाडी चालकसहित छजना घाइते भएकामा सबैको उक्तअस्पतालमा उपचार भइरहेको बताइएको छ ।

गाडी अनियन्त्रित भई सडकबाट करीब ५० मिटर तल खोल्सामा खस्दा विस्फोट भई आगलागी भएको थियो । आगो निभाउन बनेपा नगरपालिकाको दमकल बोलाउँदा पनि उक्त स्थानबाट करीब ६/७ मिनेटको दूरीमा रहेको घटनास्थल एक घण्टापछि मात्रै पुगेको भन्दै स्थानीय बासिन्दा आक्रोशीत भएकमा थिए । दमकल समयमा नपुगेपछि प्रहरी र स्थानीय बासिन्दाले गाडीमा लागेको आगो नियन्त्रणमा लिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.