तमोर नदीले बगाउँदा एक जना बेपत्ता

रिपोर्ट नेपाल | 2023 Apr 18 | 07:35 pm 1625

धनकुटा, बैशाख ५ः तमोर नदीमा नुहाउने क्रममा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा धनकुटा चौविसे गाउँपालिका ४ बस्ने वर्ष २६ का होम नाथ मगर रहेका छन् ।

उनी पाँचथर तुम्बेवा गाउँपालिका २ तमोर कोरिडोर सडक खण्डमा काम गर्ने मजदुर हुन् । साथिहरूसंग तमोर नदिमा गई नुहाउने क्रममा नदिले बगाई बेपत्ता भएका थिए ।

उक्त खबर अस्थाई प्रहरी चौकी नावाखोला पाँचथरमा जानकारी प्राप्त हुन साथ प्रहरी सहायक निरीक्षक नारायण कार्किको कमाण्डमा प्रहरी टोली खटिगई स्थानीय मानिसहरू सहित २५–३० जनाको संख्याले खोजतलास गर्ने कार्य भईरहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.