तनाव कम गर्न काँग्रेस सभापति देउवा सौराहामा

रिपोर्ट नेपाल | 2018 Jun 24 | 02:04 pm 3761

चितवन, असार १० : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा जिल्ला सभापतिहरुको भेलामा सहभगी भएर पर्यटकीय स्थल सौराहामा आराम गरेका छन् ।

जिल्ला सभापतिहरुको हेटौँडामा सम्पन्न भेलापछि उनी गत शुक्रबारदेखि सौराहास्थित होटल सेभेन स्टारमा बसेका हुन् । उनका निजी सचिव भानु देउवाका अनुसार स्थानीय नेता र कार्यकर्ता कसैसँग पनि उनले भेटघाट नगरेको बताइएको छ । ।

सभापतिहरुको भेलामा पार्टीभित्रकै अन्य समूहबाट पार्टी नेतृत्वको चर्को आलोचना भएको थियो । तनावमा  ठानिएका पार्टी सभापति देउवा तनाव कम गर्न एक्लै आराम गरेका बताइएको छ ।

प्रदेश सांसद मिलनबाबु श्रेष्ठका अनुसार देउवा आराम गर्नकै लागि सौराहामा बसेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.