तनहुँ, कात्तिक २४ः गण्डकी प्रदेश दंगा नियन्त्रण प्रहरी गण तनहुँको आयोजनामा आयोजित वल प्रयोगको सिद्धान्त अनुशिक्षण तालिमको गणपति प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले एक समारोहबीच उद्घाटन गरेका छन्।

गणको परिसरमा आयोजित कार्यक्रममा बोल्दै गणपति ज्ञवालीले वल प्रयोग गर्दा परिस्थितिको पहिचान गर्दै मानवअधिकारको ख्याल गर्दै गर्नुपर्ने कुरामा जोड दिएका थिए।
ज्ञवालीले कतिपय समयमा वल प्रयोग गर्ने समयमा बढी संयमता अपनाउँदा पनि अपुरणिय क्षति हुने कुरा प्रति पनि सजगता हुनुपर्ने कुरामा जोड दिएका थिए।

४ दिनसम्म चल्ने उक्त तालिममा ३० जना प्रशिक्षार्थी रहेका छन्।