ढोरपाटन नगरपालिकामा भीषण पहिरो जाँदा दर्जानौं मानिस बेपत्ता

रिपोर्ट नेपाल | 2020 Sep 03 | 07:24 am 2491

बागलुङ, भदाै १८ः जिल्लाकाे ढोरपाटन नगरपालिकामा भीषण पहिरो जाँदा दर्जानौं मानिस बेपत्ता भएको आशंका गरिएको छ । ढोरपाटन नगरपालिकाको वडा ८ र ९ बीचमा पर्ने बोबाङको ठाउँ ठाउँमा खसेको पहिरोका कारण कैयन सम्पर्क बिहीन भएको आशंका गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङले घटनाको बिवरण संकलन गर्ने काम भइरहेको जानकारी दिएको छ । उक्त पहिरोमा परेर २० भन्दा बढी मानिस हराइरहेको बताइएको छ ।

ढोरपान शिकार आरक्ष प्रबेश द्वारको रुपमा लिईने देउराली पहाडबाट ठुलो पहिरो खसेर कयौं गउँहरुमा क्षती पुर्याएको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.