ढुङ्गाले लागेर जाँजरकाेटमा एक बालकको मृत्यु

| 2022 May 22 | 08:24 pm 1685

जाँजरकाेट, जेठ ८ः बारेकोट गाउँपालिका–९ सक्लामा ढुङ्गाले लागेर आइतबार एक बालकको मृत्यु भएको छ।

बारेकोट–७ सुवाकोट मामाघर जाने क्रममा राजु विकका दुई वर्षीय छोरा रोहितको घटनास्थलमै मृत्यु भएको स्थानीय धनजीत महरले जानकारी दिए।

महरका अनुसार रोपाछरास्थित भिरमा बाख्राले खसालेको ढुङ्गा लागेर रोहितको मृत्यु भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.