ढुङ्गाले च्यापेर जाजरकोटमा बालकको मृत्यु

रिपोर्ट नेपाल | 2022 Jul 16 | 04:53 pm 1665

जाजरकोट, असार ३२: माछा मार्ने क्रममा ढुङ्गाले च्यापेर जाजरकोटमा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा कुशे गाँउपालिका-९ गैरीखेतका १२ वर्षिय किशोर शाही रहेका छन् ।

स्थानीय खोलामा माछा मार्ने क्रममा ढुङ्गा पल्टिएर चेप्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। ढुङ्गाले बालकको टाउको किचेपछि शनिबार दिउँसो उनको घटनास्थलमै मृत्यु भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.