ड्युटीमा रहेका प्रहरी हवल्दारमाथि चक्कु प्रहार

| 2020 Mar 31 | 11:25 am 2379

भक्तपुर, चैत १८ः मंगलबार बिहान सूर्यविनायक चोकमा लकडाउनका समयमा ड्युटीमा रहेका प्रहरी हवल्दारमाथि चक्कु प्रहार भएको छ ।

गुलेली र चक्कु बोकेर आएका सुदिप क्षेत्रीले सूर्यबिनायक चोकमा आतंक मच्चाउन खोजेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि चक्कु प्रहार गरेका हुन् ।

चक्कु प्रहारबाट महानगरीय प्रहरी वृत जगातीमा कार्यरत प्रहरी हवल्दार केशरसिह रावतको गालामा चोट लागेको वृतका डिएसपी चक्रराज जोशीले जानकारी दिए ।

क्षेत्रीको मानसिक अवस्था खराब जस्तो देखिएको र गुलेली र चक्कुसहित हाल नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको डीएसपी जोशीले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.