डुंगा दुर्घटनामा २१ को उद्धार, ५ वेपत्ता

| 2018 Aug 26 | 07:55 am 2037

रौतहट, भदौ १० : रौतहटको लालबकैया नदीमा शनिबार साँझ भएको डुंगा दुर्घटनामा हराएका २१ जना यात्रुको उद्धार गरिएको छ। डुंगा दुर्घटनामा परेका अझै ५ जना वेपत्ता छन्। उनीहरूको खेजी कार्य जारी रहेको स्थानीय प्रशासनले जनाएको छ। उद्धार गरिएका महेन्द्र सहनीका अनुसार डुंगामा २६ यात्रु सवार थिए।

हराएका मध्य डुंगा सहचालक गौर नगरपालिका–४ का ओमप्रकाश चन्द्रबंशी, सोही ठाउँका ४० वर्षीया इन्दु देबी, ५० वर्षीया सान्ति देबी, इस्नाथ नगरपालिका औरैयाकी ४० वर्षीया रूना देबी र १० वर्षीया बालिका उषमा कुमारी पटेल रहेका प्रहरीले जनाएको छ। बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीले खोजिकार्य जारी राखेका छन्।

लाल बकैया नदीमा आएको बाढीले अनियन्त्रीत भएर डुंगा निर्माणधिन पुलको दुई नम्बर पिल्लरमा ठोकिदाँ शनिबार साझ दुर्घटनामा परेको थियो।

रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले दिएको जानकारी अनुसार डुंगा दुर्घटनामा परेकाहरु २१ जनाको उद्धार गरिएको र अन्यको खोजिकार्य भइरहेको छ।

उद्धार गरिएकाहरु केही घाइते पनि छन्। घाइतेहरुको स्थानीय वैरिया अस्पतालमा उपचार भइरहको उद्धार कार्यमा संलग्न सशस्त्र प्रहरी निरीक्षक रामबालक साहले बताएका छन्। नागरिक समाचारमा प्रकाशित ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.