डिल्लीबजार कारागार झडपकाे छानविन गर्न दुई सदस्यीय समिति गठन

रिपोर्ट नेपाल | 2020 May 24 | 02:40 pm 3599

काठमाडाैं, जेठ ११ः आइतबार डिल्लीबजार कारागारमा चौकिदार र कैदीहरुबीच भएकाे झडप बारे कारागार व्यावस्थापन समितिले घटनाकाे छानविन गर्न समिति गठन गरेको छ ।

घटनाको छानविन गर्न निर्देशक वेदनिधि अधिकारी र सूचना अधिकारी देवर्षी सापकोटा सम्मिलित दुई सदस्यीय छानबिन समिति गठन गरिएको बुझिएकाे छ ।

गठित समितिका दुवै अधिकारी डिल्लीबजार पुगेर स्थलगत अध्ययन गरिरहेको बताइएको छ । आज बिहान कैदीले कारागार परिसर भित्रै संचालित क्यान्टिनमा उधारोमा सामान मागेको तर चौकिदार गिरीले उधारो नदिने बताएपछि झडपको स्थिती सृजना भएको थियो । झडपमा परी एक कैदी घाइते भएका छन् ।

घाइते कैदीकाे वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । कारागारका कैदीहरु लकडाउनका कारण आफन्त भेट्न नआएपछि समस्यामा परेकाले सामान उधारो मागेका थिए ।

कारागारका चैकिदारहरु प्रत्येक वर्ष फेरिने व्यवस्था छ । तर हालका चौकिदार गिरी १८ महिना अघिबाटै डिल्लीबजारमै छन् । कैदीहरु चौकिदार फेर्नुपर्ने माग गर्दै आइरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.