तनहुँ, बैशाख ९ः ऋषिङ गाउँपालिका वडा नं. १ झापुटार स्थितमा रहेको तनहुँ हाईड्रोपावरको पेट्रोल पम्पबाट सोही
पम्पका कर्मचारी साबि जंग तामाङ र देवन थापा मगरको मिलिमतोमा करिब १ हजार लिटर डिजल चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा तनहुँ ऋषिङ गाउँपालिका वडा नं.४ बस्ने बर्ष ३६ का कृष्ण बहादुर रानाभाट, लमजुङ बेशिसहर नगरपालिका वडा नं. ११ घर भई हाल तनहुँ हाईड्रोपावरमा काम गर्ने बर्ष ४९ का साबिजंग तामाङ, तनहुँ ऋषिङ गाउँपालिका वडा नं. ७ बस्ने बर्ष २१ का गोरे भन्ने भिम बहादुर थापा मगर र तनहुँ ऋषिङ गाउँपालिका वडा नं. १ झापुटार घर भई हाल तनहुँ हाईड्रोपावरमा काम गर्ने २३ को देवन थापा मगर रहेका छन् ।
उनीहरूले ४ वटा ड्रममा भरी ग १ त ६५०६ नं. को ट्याक्टरमा लोड गरी लैजादै गरेको भन्ने सुचनाको आधारमा अस्थायी प्रहरी चौकी झापुटारवाट खटिएको प्रहरी टोलीले घटनास्थलबाटै उक्त चोरी भएको डिजल र ट्याक्टर सहित पक्राउ गरी दाखिला गरेकोमा सम्मानित तनहुँ जिल्ला अदालतबाट मिति २०७९ बैशाख ७ गतेदेखि लागु हुने गरी दिन १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको बताइएकाे छ ।