डिएसपी बन्न कारबाहीमा डामिएकाको बढ्ता चलखेल

| 2023 May 28 | 12:35 pm 2409

काठमाडौं, जेठ १४ः नेपाल प्रहरीमा रिक्त प्रहरी नायब उपरीक्षकका लागि प्रहरी निरीक्षकहरु शक्ति केन्द्र धाइरहेका छन् । विशेष परिस्थितिका कारण गत हप्ता नै सिफारिस हुनुपर्ने बढुवाको फाइल अघि बढ्न सकेको छैन ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले बढुवाका लागि आफू कहाँ नआउन निर्देशन दिएपछि केही प्रहरी निरीक्षक अन्य नेताको घरधुरी पुग्ने गरेका छन् ।

यस राम्रोलाई भन्दा हाम्रोलाई, कामलाई नभएर दामलाई बढवा दिएका कारण ज्यादै विवादीत विषय बनेको छ । यस पटक पनि काम भन्दा दामले मौका पाउने त होइन भन्दै केही राम्रो काम गर्ने र संगठनको हित चाहाने प्रहरी निरीक्षक झस्किएका छन् ।

प्रहरी प्रमुख वसन्त कुँवर कामबाट आएका कारण अन्याय नहोला भनेर इमान्दार अधिकृत आफ्नो काममा व्यस्त छन् ।

पटक पटक कारबाहीबाट डामिएकाहरु र मालदार ठाउँमा बसेकाहरुले शक्ति केन्द्रमा पुगेर चाहिने नचाहिने कुरा लगाउनमा व्यस्त छन् ।

नेपाल प्रहरीमा प्रवेश गरेदेखि राजधानी नाम मात्रै सुनेका निरीक्षक अहिले पनि मौन रहेर प्रतिक्षा गरेका छन् । विशेष गरी काठमाडौं उपत्यका नछाडेका यदि छाडिहाले मालदार ठाउँमा बसेका निरीक्षक शक्ति केन्द्र धाइरहेका छन् ।

यसरी धाउनेमा संगठनको लक्ष भन्दा पारिवारीक लक्षलाई प्रमुखता दिनेहरु बढी दौडधुपमा लागेका छन् ।

यस पटक पनि निश्पक्ष बढुवा भएन भने प्रहरी संगठन सच्चा देशभक्ति सिपाहीको नभएर टाठा बाठा र बदनामीको संगठन हुने कुरा प्रहरीका अवकास प्राप्त एक उच्च अधिकारीले बताएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.