डिएसपी कुमुदले चरीलाई कसरी छाडिदिए ? (भिडियो सहित)

| 2019 Dec 11 | 10:45 am 2466

काठमाडौं, मंसिर २५: सम्मानित अदालतको अनुमतिमा पक्राउ पूर्जी जारी गरी प्रहरीको खोजिमा रहेका नेपाल प्रहरीका डिएसपी कुमुद ढुङ्गेलले तत्कालिन गुण्डा नाइके दिनेश अधिकारी (चरी) लाई लाजिम्पाटबाट पक्राउ गरेर ७ लाख भन्दा बढी पैसा लिएर छाडेको चरीको भिडियो रेकर्ड रिपोर्ट नेपालले फेला परेको छ ।

प्रहरीको इन्काउन्टर अगाडि कसैसँग कुरा गर्दै चरीले लाजिम्पाटबाट आफूलाई ढुङ्गेलको टोलीले पक्राउ गरी २६/२७ ग्राम ब्राउन सुगर र पेस्तोल राखिदिने बताएपछि आफूले अनुनयबिनय गरेको बताएका छन् ।

छोड्नु पर्ने भए २० लाख दिनुपर्ने सर्त राखेपछि अफूसँग त्यति पैसा नभएको भन्दै घरमा गएर भएको ७ लाख ७०/८० हजार दिएपछि सोह्रखुट्टेको भ्याली कोल्ड स्टोरमा छाडेको भिडियोमा चरीले बोलेका छन् ।

चोरी तथा लुटपाटमा संलग्न व्यक्तिसँग मिलेमतो गरेको भन्दै प्रहरी प्रधान कार्यालयले डिएसपी ढुङ्गेललाई निलम्बन गरिसकेको छ । गत चैत्र २६ गते रानीबारीमा भएको लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका विकास श्रेष्ठसँग डिएसपी ढुङ्गेलको राम्रौ हिमचिम भएको प्रहरीले फेला पारेको थियो ।

पक्राउ परेका श्रेष्ठसँग बयानको क्रममा डिएसपी ढुङ्गेलसँग सम्पर्क हुने गरेको बताएपछि प्रहरीले ढुङ्गेलका विषयमा गहिरो अनुसन्धान गरी पक्राउ गर्नुपर्ने निश्कर्षमा पुगेको थियो ।

जनताको रगत पसिनाबाट जम्मा भएको राजस्वबाट रासन र आसन खाँदै जनताको सुरक्षामा खट्ने कसम खाएका कुलंघार डिएसपी ढुङ्गेललाई हदैसम्मको कारबाही हुनुपर्ने सर्वसाधारणको माग रहेको छ ।
(ढुङ्गेलले चरीलाई कसरी छाडिदिए भिडियो हेर्नुहोस्)

डिएसपी कुमुद ढुङ्गेलले तत्कालिन गुण्डा नाइके चरीलाई पक्राउ गरेर ७ लाख भन्दा बढी पैसा लिएर छाडे

प्रहरीका डिएसपी कुमुद ढुङ्गेलले तत्कालिन गुण्डा नाइके दिनेश अधिकारी (चरी) लाई लाजिम्पाटबाट पक्राउ गरेर ७ लाख भन्दा बढी पैसा लिएर छाडेको चरीको भिडियो ।

Posted by Report Nepal on Tuesday, December 10, 2019

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.