डिएसपी काफ्लेको एसएसपीले गरे प्रशंसा

| 2019 Jun 02 | 01:10 pm 2666

काठमाडौं, जेठ १९: महानगरीय प्रहरी परीसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जनताको जीउ धनको सुरक्षा गर्दै अपराध कर्म गर्नेलाई कानुनको दायरामा ल्याउन आफूले कुनै कसुर बाँकी नराख्ने बताएका छन् ।

आइतबार महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा वृत्तले आयोजना गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अन्तरक्रिया कार्यक्रममा एसएसपी सुवेदीले आफू केन्द्रीय प्रवक्ता हुँदा देखि नियाली रहेको साझेदारी कार्यक्रमलाई सफल बनाउन डिएसपी गोविन्द काफ्ले र उहाँका नयाँ बानेश्वर प्रहरी टिमका साथै यहाँको समुदाय उत्कृष्ट भएको बताएका थिए ।

जनताद्वारा उठेको जिज्ञासा बारे प्रकाश पार्दै एसएसपी सुवेदीले समुदयसँगसँगै हातेमालो गर्दै होस्टेल अनुगमन गर्ने देखि फूटपाथ हटाउने कुरामा आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका थिए । आफ्नो शब्दकोषमा गुण्डागर्दी भन्ने शब्द नभएकोेले समाजमा विकृति र विसंगति फैलाउने र उछृङ्खलता प्रदर्शन गर्नेलाई समेत नछोड्ने एसएसपीको भनाई रहेको थियो ।

जनताको सेवाका लागि आफू र नेपाल प्रहरी २४ सै घण्टा खट्न तयार भएको बताउँदै प्रहरीका नकरात्मक कार्य भेट्टिए पनि आफूलाई खबर गर्न एसएसपी सुवेदीले समुदायसँग आग्रह गरे । एक वर्षदेखि बानेश्वर वृत्तमा रहेका डिएसपी गोविन्द काफ्लेले आफ्नो कार्यक्षेत्रमा सुरक्षा देखि विकृति विसंगति हटाउन आफ्नो बुद्धी र विवेकले भ्याएसम्म काम गरेको बताए ।

आफूलाई हरेक काममा सहयोग गर्ने प्रहरी कर्मचारी र सधै सूचना दिँदै काधमा काँध मिलाउने जनप्रतिनिधि, सामुदायिक प्रहरीका पदाधिकारी सबैलाई काफ्लेले धन्यवाद दिएका थिए । प्राडा बासुदेव त्रिपाठीको सभापतित्वमा संचालित कार्यक्रममा वडाध्यक्ष रामकुमार केसी, नारायण भण्डारी र नवराज पराजुलले पनि आ–आफ्ना विचार राखेका थिए । नेपाल प्रहरी साँगाका विद्यार्थीले प्रहरी गीतमा नृत्य समेत प्रदर्शन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.