डिआईजी थापाद्वारा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको निरीक्षण

| 2023 Feb 10 | 04:46 pm 1669

सिन्धुपाल्चोक, माघ २७ः बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक थापाले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको निरीक्षण तथा प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

May be an image of 3 people

शुक्रबार गरिएकाे निरीक्षणमा सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयको बिभिन्न शाखाहरु, हिरासत कक्ष लगायतको निरीक्षण गर्नुका साथै जिल्लाबाट सम्पादित पछिल्लो गतिविधीहरुको बारेमा जानकारी लिएका थिए ।

निरीक्षण तथा अवलोकन भ्रमण पश्चात् प्रदेश प्रहरी प्रमुख थापाले वस्तुनिष्ठ अपराध अनुसन्धान गर्न, फैसला कार्यान्वयन तथा पेण्डिङ मुद्दा फर्स्यौटलाई प्राथमिकता दिन, प्रहरी कर्मचारीहरुको गुनासो सम्बोधन गर्न र पीडितलाई केन्द्रबिन्दुमा राखी गुनासो रहित ढंगबाट प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरुलाई अमूल्य निर्देशन सम्बोधन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.