डिआइजी सूर्य उपाध्यायद्वारा जिल्ला प्रहरी कार्यालय तनहुँको निरीक्षण

रिपोर्ट नेपाल | 2019 Feb 14 | 05:39 pm 3556

तनहुँ, फागुन २ : अपराध अनुसन्धान महाशाखाका प्रमुख डिआइजी सूर्य उपाध्यायले जिल्ला प्रहरी कार्यालय तनहुँको निरीक्षण गरेका छन्। डिआइजी उपाध्यायले जिल्ला प्रहरी कार्यालय प्रमुखको कार्यकक्ष, थुनुवा कक्षको व्यवस्थापन र हाजिर कपी, अन्य रेकर्ड रजिस्ट्रार, पोसाक व्यवस्थापन निरीक्षण गरे ।

Image may contain: 3 people, people standing

उनले जिल्लाको समग्र शान्ति सुरक्षाको स्थिति, कार्यालयको भौतिक अवस्था र जिल्ला प्रहरी कार्यालयबाट भए गरेका काम कारबाहीबारेमा जानकारीसमेत लिए । निरीक्षणपछि प्रहरीलाई शान्ति सुरक्षा कायम राख्न तथा सरकारको निर्देशन कार्यान्वयनमा सक्रिय भएर लाग्न उनले निर्देशन दिए। अपराध नियन्त्रण तथा समाज रूपान्तरणमा प्रहरीले हातेमालो गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

Image may contain: 2 people, people smiling, people standing

निर्देशनका क्रममा प्रहरी डिआइजी उपाध्यायले प्रहरी कर्मचारीहरूले आफ्नो काम, कर्तव्य र दायित्वलाई सदैव पालना गरी आमनागरिकलाई उत्कृट सेवा प्रदान गर्नुपर्ने बताए । प्रहरी कर्मचारीले आफ्नो जिम्मेवारी बोध गरी सोही अनुरूप निष्पक्ष तरिकाले काम गर्न उनले निर्देशन दिए।

डिआइजी उपाध्यायलाई तनहुँका प्रहरी प्रमुख एसपी सिद्धि विक्रम शाहीले स्वागत गरेका थिए ।

Image may contain: 3 people, people standing, beard and outdoorImage may contain: 1 person, standingImage may contain: 2 people, people sitting, table and indoor

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.