विराटनगर, भदौ १०ः नेपाल प्रहरीको एकजना अधिकृत मात्रै इमान्दार बन्ने हो भने तस्करी कसरी रोकिने रहेछ भनेर नमुना हेर्न प्रदेश नम्बर एकका डिआइजी सुदीप गिरीलाई हेर्दा प्रष्ट हुन्छ ।
त्यही प्रदेशसँग जोडिएको दुई नम्बर प्रदेशका डिआइजी मसउद आलम खाँ ले तस्करलाई लाइन दिएर रकम असुली गरिरहेका छन् भने उनकै दर्जाका गिरीले मुलुकको अर्थतन्त्रलाई चिन्तन गर्दै तस्करको दोहोलो काढेका छन् ।
गिरीले सुपारी तस्कर र कपडा तस्करले राखेको आर्थिक प्रस्तावलाई ठाडै अस्वीकार गरी तस्कर विरुद्ध धावा बोलेका छन् ।
रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार जिल्ला प्रशासन कार्यालय मोरङमा कार्यरत खरिदार दिपक पोख्रेलको सेटिङमा यस अघि तस्करी हुँदै आएको थियो । डिआइजी सुदीप गिरीले आफ्नो जिम्मेवारी सम्हालेपछि सच्चा व्यापारीले गिरीको वाही वाही गरेका छन् भने तस्करको आँखामा डिआइजी गिरी कसिंगर बनेका छन् ।
दर्जामा खरिदार भएपनि अर्बौंपती रहेका पोख्रेलको सरुवा भएपछि राजिनामा दिएर व्यपारमा लागेको समाचार स्रोत बताउँछ ।
डिआइजी सुदीप गिरीले कमाण्ड सम्हालेको केही दिनमै झण्डै दश करोड मुल्य बराबरको तस्करी गरेर ल्याइएको सुपारी बरामद गरिएको छ । पूर्वको तस्करीमा बादशाह मानिने गोविन्द सेडिया, दिनेश राठी, प्रदीप मुरारका, प्रदीप मिन्तल लगायतका व्यपारीको भन्सार छली गरेर ल्याइएको सुपारी डिआइजी गिरीले समाएपछि त्यो गिरोह बालुवाटार पुगेर आरजु, देउवा देखि भानु देउवा समेतलाई प्रभावमा पार्न कोशिस गरेपनि प्रयास असफल भएको छ ।
डिआइजी देखि प्रधानमन्त्री पत्नी देउवा र स्वकिय सचिव भानुलाई प्रभावमा पार्न नसकेपछि त्यो गिरोह उच्च अदालत पुगेको थियो । सम्मानित उच्च अदालत विराटनगरका न्यायमुर्तिले समेत राजस्वमा पठाउने आदेश गरेपछि तस्करको पूर्वमा निद हराम भएको छ ।
डिआइजी सुदीप गिरी लोभ लालचमा नलागी आफ्नो कर्तव्यमा अडिग रहेको भन्दै पूर्वेली सर्वसाधारणले उनको कथन गरेका छन् ।