डाेटीमा एक महिलाको गोली हानी हत्या

| 2020 Apr 06 | 12:31 pm 2060

डोटी, चैत २४: आइतबार राति डाेटीमा एक महिलाको गोली हानी हत्या भएको छ। हत्या हुनेमा जिल्लाकाे जोरायल गाउँपालिका-४ देउथलाकी २० वर्षीया अनिता वन रहेकी छन् ।

घटना बेलुकी नै भएकाले  अहिले अनुसन्धानका लागि प्रहरी घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलिपसिंह देउवाले जानकारी दिए।

उनका अनुसार गत फागुन २९ गते विवाह गरेकी अनिताको घरमा श्रीमान् श्रीमती मात्रै बस्दै आएकाे बुझिएकाे छ । हत्या कसले र किन गर्याे भन्ने अहिले खुलि नसकेको बताइएकाे छ ।

आवश्यक अनुसन्धानका लागि अनिताका २२ वर्षीय श्रीमान खडक वनलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक देउवाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.