डाक्टरको मागअनुसार मुलुकी संहिता संशोधन गर्न सरकार तयार

| 2018 Sep 03 | 04:42 pm 1454

काठमाडौं, भदौ १८ : आन्दोलनरत डाक्टरहरूको माग संशोधन गर्न सरकार सहमत भएको छ । सोमबार आन्दोलनरत डाक्टर तथा स्वास्थ्यकर्मी र सरकाबीच भएको वार्तामा मुलुकी अपराध (संहिता) संशोधन गर्न सरकार तयारी भएको हो ।

मुलुकी अपराध संहिताको व्यवस्थाको विरोधमा आन्दोलनमा उत्रिएका डाक्टरहरूको माग अनुसार ऐन संशोधन गर्न स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले सहमति जनाएका हुन् । स्वास्थ्य राज्यमन्त्री यादवले संहितामा शब्द चयनमा कमजोरी भएको भन्दै त्यसलाई सुधार्न सकिने बताए ।

मुलुकी अपराध संहिताको इलाजको महलमा डाक्टरले लापरबाहीपूर्ण उपचार गरेमा जन्मकैदको व्यवस्था राखिएको विरोधमा नेपाल चिकित्सक संघको आहृवानमा डाक्टरहरू आन्दोलनमा उत्रिएका थिए ।

आन्दोलन नरोकिने

सरकारले मुलुकी संहिता संशोधन गर्न सहमति जनाए पनि चिकित्सक संघले आन्दोलन नरोक्ने बताएको छ । संशोधन विधेयक संसदमा पेश नभएसम्म आन्दोलन नरोकिने नेपाल चिकित्सक संघका अध्यक्ष डा। मुक्तिराम श्रेष्ठले बताए

स्वास्थ्य मन्त्रालयले संशोधनको मस्यौदा कानून मन्त्रालयमा पठाउने सहमति भए पनि कानून मन्त्रालयबाट संशोधन विधेयक तयार भएर संसदमा पेश नभएसम्म आन्दोलन जारी रहने उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.