काठमाडाैं, असोज १० । मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा लमजुङकी एक महिलाको मृत्यु भएपछिको विवादमा सुरक्षाका लागि खटिएका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक मदन श्रेष्ठले चिकित्सक र मृतकका आफन्तबीच ‘डाक्टर कुटेर आएँ’ भन्ने अभिव्यक्ति दिएका कारण निलम्बित भएका छन् ।
इन्स्पेक्टर श्रेष्ठले पीडित परिवारका आफन्त तथा शुभचिन्तकको आक्रोसित भीडमा पुगेर ‘चिकित्सकलाई लाठी चार्ज र ओठ नै फुट्ने गरी हाने’ भनेको भिडियो सामाजिक सञ्जालमा आएको थियो।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले इन्सपेक्टर श्रेष्ठमाथि अनुसन्धान गर्नका लागि निलम्बन गरिएको जानकारी दिए।