दाङ , १९ असार : घोराहीको कटुवाखोलामा डाइभर्सन बनाउने क्रममा अप्टिकल फाइबर काटिएपछि दाङको टेलिफोन सेवा अवरुद्ध भएको छ ।
मंगलबार दिउँसोदेखि नेपाल टेलिकम र यस अन्तर्गत सञ्चालित निजी कम्पनीका सबै फोन सेवा अवरुद्ध भएको टेलिकमले जनाएको छ ।
बाढीले सोमबार कटुवाखोलाको डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको थियो । पुल निर्माणका क्रममा बनाइएको डाइभर्सन भरपर्दो नहुँदा यातायात सञ्चालनमा समस्या भैइरहेको छ ।
मंगलबार डोजर लगाएर डाइभर्सन बनाउने क्रममा फाइबर काटिएको हो । एक्कासी फोन सेवा अवरुद्ध भएपछि उपभोक्ताहरु सञ्चार विहीन भएका छन् ।