डा. भक्तमान श्रेष्ठ अपहरणमा संलग्न फरार प्रतिवादी ११ बर्ष पछि पक्राउ

| 2021 Sep 22 | 05:08 pm 1953

काठमाडाैं, असाेज ६ः डा. भक्तमान श्रेष्ठ अपहरणमा संलग्न फरार प्रतिवादी ११ बर्ष पछि केन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका वडा नं.१२ मुलाबारीका ४५ वर्षीय राजेन्द्र कुमार पण्डित भन्ने राजेन्द्र पण्डित रहेका छन् ।

मिति २०६७/०२/०४ गते वीपी कोईराला क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डा.भक्तमान श्रेष्ठलाई  चितवन भरतपुर न.पा. वडा नं. १० हाकिमचोक स्थित हिमचुली विकास बैंक नजिक भित्री सडकवाट १२/१५ जनाको अज्ञात समूहले अपहरण गरी लगी १९ दिनसम्म बन्धक वनाई राखेकोमा फिरौती बापत रु.१ कराेड १० लाख बराबरको साँढे ३ किलो सुन लिएपछी मिति २०६७।०२।२२ गते अपहरण मुक्त गरी फरार रहेका थिए ।

पण्डित भारतको विभिन्न स्थानहरुमा लुकीछिपि बसेकोमा उनी नेपाल आएको भन्ने विशेष सूचनाको आधारमा खोजतलास गर्दै जादा निजलाई मिति २०७८।०६।०५ गते जिल्ला नुवाकोट बिदुर न.पा. वडा नं. १२ मा यस ब्यूरोको टोलीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित जिल्ला अदालत काठमाडाैं ल्याईएको ब्यूराेले जानकारी दिएकाे छ ।

साथै, फैसला कार्यान्वयनको सिलसिलामा मिति २०७०।१०।२१ गतेको सम्मानित पुनरावेदन अदालत हेटौडाबाट मुलिकी ऐन (२०२०) अपहरण तथा शरीर बन्धक लिनेको महलको ३ नं. वमोजिम ७ बर्ष कैद र सोही महलको ७ नं. वमोजिम २ बर्ष थप कैद गरी जम्मा ९ बर्ष कैद र ५० हजार जरिवाना ठहर भएको थियाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.