डा गोविन्द केसी अस्पताल भर्ना, छातिमा समस्या

रिपोर्ट नेपाल | 2018 Nov 19 | 11:30 am 4030

  • राधिका ज्ञवाली

काठमाडौं, मंसिर ३ : अचानक छातिमा समस्या देखापरेपछि प्राध्यापक डा गोविन्द केसी अस्पताल भर्ना भएका छन्।

छातिमा दुखाइ बढेपछि उनलाई सोमबार बिहान ४ बजे मनमोहन कार्डियोथोरासी भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्ज ईमर्जेन्सी विभागमा भर्ना गरिएको हो।

उनको अवस्था जटिल नभएपनि रिपोर्ट नआइ केहि भन्न सकिने अवस्था नभएको डाक्टर अभिषेक सिंहले जानकारी दिए । डा केसीको अहिले विशेष चिकित्सकहरुको टोलीले उपचार गरिरहेको छ।

स्वास्थ्य क्षेत्रको बेथिती सुधारका माग गर्दै १५ पटकसम्म अनसनमा बसेका डा केसीले आफ्ना माग पुरा नभएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए । आफूसँग भएको सहमती कार्यान्व्यन नगरे पुनः अनसन बस्ने समेत उनले चेतावनी दिएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.