डा. केसीसँगको परामर्शपछि अनशन टुङ्गिने

| 2018 Jul 26 | 04:49 pm 1845

काठमाडौं, साउन १० :  अनशनरत डा. गोविन्द केसी पक्षधर र सरकारी वार्ता टोलीबीच बिहिबार सिंहदरबारमा भएको वार्तामा सात बुदे सहमति हुने सङ्केत देखिएको छ ।

दुवै पक्षका प्रतिनिधिबीच व्यापक छलफल पश्चात सात बुदे सम्झौताको मस्यौदा तयार भएको र यस विषयमा डा. गोविन्द केसीसँग परामर्शपछि बल्ल वार्ता सफल भए नभएको जानकारी गराइने केसी तर्फका वार्ता समितिका सदस्य अधिबक्ता ओम प्रकाश अर्यालले बताए ।

सिंहदरबारमा लामो रस्साकस्सी पछि दुवै पक्ष सात बुदामा सहमति भएपनि केसी समर्थक टोलीका पदाधिकारी अनशन स्थल माहराजगंजमा परामर्शका लागि गएका छन् । अन्तत केसीसँगको परामर्शपछि आजै साँझ डा. केसीको अनशन तोडिने सम्भावन रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.