जुम्ला,१९ असार : समग्र चिकित्सा शिक्षा क्षेत्रको बिसंगती विरुद्ध उत्रेका डा. गोविन्द केसी शनिबारेदेखि जुम्लामा अनशनरत रहेका छन् । अनसन सुरु गर्नुअघि निषेधित क्षेत्र तोडेको भन्दै पक्राउ गरिएका डा. गोविन्द केसीलाई प्रहरीले नजिकैको कभर्ड हलमा पुर्याई छाडेको थियो । हाल केसी कभर्ड हलकै चिसो भुइँमा अनशनरत रहेका छन् ।
यसै सिलसिलामा डा. केसीको समर्थनमा केसीका शुभचिन्तक तथा चिकित्सकहरूले आज नाङगो जुलुस प्रदर्शन गरेका छन् । उनीहरूले राज्यले डा। केसीको माग तथा बिग्रँदै गएको उनको स्वास्थ्य अवस्थालाई बेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।