डा. केसीको जीवन रक्षा माग गर्दै तनहुँमा प्रदर्शन

रिपोर्ट नेपाल | 2018 Jul 20 | 11:14 am 1995

तनहुँ, साउन ४: २१ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल विद्यार्थी संघ तनहुँले शुक्रबार दमौलीमा प्रर्दशन गरेको छ। जुम्लामा अनसनरत डा.केसीलाई सरकारले अपहरण शैलीमा काठमाडौ लगिएको भन्दै संघले विरोध जनाएको छ ।

भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसबाट डा. केसीको समर्थन र सकारकारको विरोध गर्दै बृहत र्‍याली निकालेको थियो। क्याम्पसबाट सुरु भएको र्‍याली गणेशमानचोक, सफासडक हुदै दमौलीको मुख्य चोकमा कोणसभा गरेका थिए।

र्‍यालीमा सहभागीहरुले डा केसीको साथमा छौं, डा.केसीको जीवन रक्षा गर, सरकारी गुण्डागुर्दी अन्त्य गर, चिकित्सा शिक्षा ऐन पारित गर, माफिया तन्त्र अन्त्य गर, माथेमा प्रतिवेदन लागु गर, माफियाको मिसन, सिटामोलमा कमिसन लगाएतका नारासहित प्रदर्शनमा उत्रिएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.