डा केसीको केसीका माग पूरा गराउन माग गर्दै भरतपुरमा चिकित्सकहरूको प्रदर्शन

रिपोर्ट नेपाल | 2018 Jul 06 | 04:42 pm 3183

चितवन, असार २२ :  जुम्लामा अनशनरत डा. गोविन्द केसीको समर्थनमा शुक्रबार बिहान भरतपुर अस्पतालमा चिकित्सकहरूले प्रदर्शन गरेका छन् । नेपाल चिकित्सक संघ चितवन शाखाको आह्वानमा उनीहरूले बिहान १० बजेदेखि १५ मिनेटसम्म प्रदर्शन गरेका हुन् ।

केसीका माग पूरा गराउन र उनको जीवन रक्षाका लाग यस्तो प्रदर्शन दिन दिनै गर्ने सचिव डा।भोजराज अधिकारीले जानकारी दिए । संघका केन्द्रीय सदस्य डा. कृष्ण पौडेलले केसीको माग पुरा भए सर्वसाधारण नेपालीको हित हुने र चिकित्सा क्षेत्रलाई व्यवस्थित बनाउने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.