डा केसीका समर्थकले भने, ‘ओली हावा भरिएको बेलुन र माफियाको प्रवक्ता’

| 2018 Jul 07 | 04:31 pm 2555

काठमाडौं, असार २३: चिकित्सा शिक्षामा सुधारको माग गर्दै जुम्लामा अनशन बसिरहेका प्राडा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन भएको छ। डा. केसीका समर्थकहरुले प्रदर्शन गर्दै सरकारको चर्को आलोचना गरेका छन् ।

उनीहरुले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली हावा भरिएको बेलुन जस्तै भएको भन्दै उनीहरुले सियोले घोचिदिएपछि आफ्नो हैसियतमा आउने बताए ।

१५ औं पटकको अनशनको क्रममा जुम्लामा ८ दिन देखि अनशतरत डा. केसीको समर्थनमा माइतिघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभालाई सम्बोधन गर्दै अधिवक्ता अर्यालले प्रधानमन्त्री केपी शर्मा ओली ‘माफिया’को प्रवक्ता बनेको आरोप लगाए । डा. केसीको अनसन र माथेमा आयोगको प्रतिवेदनमा आधारमा आएको अध्यादेश तुहाएको भन्दै उनले भने ‘उखान टुक्काको विज्ञ त मानेकै थियौं, अब चिकित्सा शिक्षाको विज्ञ पनि भएछन् । किनभने मेडिकल माफियाले उनको कान फुकेका छन् ।’

उनले माफियाको पैसाले चुनाव जितेकाहरुले डा. केसी र गंगामायाहरुलाई अनसनमै मार्न खोजेको आरोप लगाए। ‘सरकारले मरे पनि मरोस्, हाइसञ्चो हुन्छ भन्ने ठानेको छ’ प्रधानमन्त्रीको आलोचना गर्दै उनले भने, ‘यो पुरा हुन दिन्नौं ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.