डडेल्धुरा, मङ्सिर ६ः डडेल्धुरा जिल्लाको प्रतिनिधि सभा सदस्यमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुई हजार ९४८ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि छन् । अहिलेसम्म १० हजार ३७८ मत गणना हुँदा उनले पाँच हजार ३८९ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले दुई हजार ५७१ मत प्राप्त गरेकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी, नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले एक हजार ५७१ मत पाएका छन् भने ६५६ मत बदर भएका छन् । गाेरखापत्र दैनिकबाट