काठमाडाैं, असोज १६ । प्रहरी प्रधान कार्यालयले आज नेपाल प्रहरीका ५ हजार ९ सय ३८ जना प्रहरी जवानहरूको सरुवा गरेको छ ।
विगत लामो समयदेखि रोकिएको सरुवाका कारण कैयाैं जवान पेलिएर विकटमा बस्न बाध्य भइरहेका बेला निस्किएको सरुवाले कति जवानलाई राहत मिल्ने हो त्यो भने हेर्न बाँकी नै छ । प्रहरीको तल्लो दर्जामा पहुँच नपुग्नेहरुले प्राय: पेलिने गरेको गुनासो सुनिदैं आएकोमा यो सरुवाले निश्चय काखा र पाखा गरेको छैन भन्ने विश्वास लिइएको छ ।
सरुवा भएका जवानहरुले आगामी कात्तिक महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जवानहरूलाई सरुवा गरेको हो ।